नेपालमा आज संक्रमितको तुलनामा निको हुनेको संख्या दोब्बर भन्दा बढी

एटुजेड समाचार

चितवन – नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार भन्दा बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ४५५ जना निको भएका हुन् । यससँगै देशभर अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा निको हुनेको संख्या नयाँ संक्रमितको तुलनामा दोब्बर भन्दा बढी रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ४७६ जना नयाँ संक्रमितहरु थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार ४८६ जनाको पिसिआर परीक्षणमा एक हजार ७२१ जना तथा चार हजार ७६५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा सात सय ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै देशभर अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ६ लाख ६१ हजार ८५१ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये आठ हजार ९४५ जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै २७ जनाको मृत्‍यु भएको छ ।

चितवनमा १०७ निको भए, ८६ थपिए

Forbes

चितवनमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या १४ हजार ५३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८६ जना नयाँ संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट ६२ तथा एन्टिजेन परीक्षणबाट २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या १५ हजार ८३७ पुगेको छ ।

संक्रमित मध्ये अहिलेसम्म २७६ जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई जनाको मृत्‍यु भएको हो । यो कुल संक्रमितको १.७ प्रतिशत हो । १ हजार २३ जना अझै आइसोलेसनमा छन् । होम आइसोलेसनमा ८८९, संस्थागत आइसोलेसनमा ३० तथा अस्पतालमा १०४ जना रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु