पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

एटुजेड समाचार

रोल्पा – रोल्पामा पहिरोले घर पुरिँदा ३ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजेतिर आएको घरमाथिबाट आएको पहिरोमा परेर रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा ३ जनाको मृत्‍यु भएको हो ।

मृत्‍यु हुनेहरुमा बुढाको ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढा रहेका छन् । त्यही घरमा सुतिरहेका टिकासिङसहित अन्य ३ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।

बिहानैदेखि टेलिफोनमा आएको समस्याका कारण थप विवरण आउन नसकेको उनले बताए । प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु