दाङ र सप्तरीका प्रजिअको सरुवा

एटुजेड समाचार

काठमाडौं – गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह दाङ र सप्तरी जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो ।

गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा र दाङका प्रजिअ दीर्घनारायण पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी गृहले योजना महाशाखाका जयनारायण आचार्यलाई सप्तरीमा र सप्तरीका प्रजिअ फणिन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु