कांग्रेसले विपक्षी गठबन्धनलाई थप मजबुद बनाउने

एटुजेड समाचार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढाउने निर्णय गरेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त निष्कर्ष निकालेको हो।

‘कांग्रेसले लोकतन्त्र र संविधानको मूल्य र मान्यतालाई एक पछि अर्को गरी कमजोर पार्ने काम भइरहेको छ। त्यसविरूद्ध बृहत्तर एकता जो लोकतन्त्र र संविधानमा विश्वास गर्छ। ती पार्टी र समूहलाई जोड्दै लैजाने, एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ’, बैठकपछि प्रकाशशरण महतले भने।

यसअघि कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा बैठक तोक्न भन्दै सर्वोच्च गएका थिए।

देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु