भरतपुर अस्पतालको ओपिडि सेवा आईतबारबाट सुरु हुने

एटुजेड समाचार

चितवन – भरतपुर अस्पतालको (ओपिडि) सेवा आईतबारबाट सुरु हुने भएको छ । अस्पतालले आज शुक्रबार एक सूचना जारी गर्दै कोरोनाका कारण वन्द गरिएको ओपिडि सेवा आईतबार बिहान बाट सुरु हुने जनाएको हो ।

अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. रोशन न्यौपानेका अनुसार बिहान ९ वजे देखि ११ः३० वजे सम्म बिरामीको नाम दर्ता गरिने छ ।ओपिडि सेवा भने विहान १० वजेबाट मात्र सुरु गरीने सूचनामा उल्लेख गरिएको छ । कोरोनाका कारण बन्द गरिएको ओपिडि अस्पतालका बिभागिय प्रमुखहरुको बैठकले सञ्चालन गर्ने निर्णय गरेको हो ।

No description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू