चितवनमा आज ५४ जना संक्रमित थपिए, संक्रमितको संख्या १५,१८५ पुग्यो

एटुजेड समाचार

चितवन – चितवनमा पछिल्लो चौबिस घण्टामा ५४ जना संक्रमित थपिएका छन् । यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या १५,१८५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । त्यस्तै पछिल्लो चौबिस घण्टामा चितवनका ५ जनाको मृत्‍यु भएको छ । यो सगै चितवनमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या २५७ पुगेको छ ।

चितवनमा अहिले संक्रिय संक्रमितको संख्या १,३०५ सयमा झरेको छ । ति मध्य १,१४४ जना होम आईसोलेशन बसेका छन् । १२४ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ३७ जना पब्लिक आईसोलेशनमा रहेका छन् । १३,६२३ जनाले कोरोना जितेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु