एजेन्सी – युरो कपको प्रि म्याच कन्फ्रेन्समा पोर्चुगलका कप्तान रोनाल्डोले पानी पिउँदा कोकाकोलालाई ठुलो घाटा भएको छ । हंगेरीको बुडापेस्टमा मंगलबार कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिएका थिए ।
उक्त घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । पत्रकार सम्मेलनमा टेबलमा राखिएको कोका कोलाको दुईवटा बोतललाई राखिएको ठाँउबाट रोनाल्डोले हटाएका थिए । त्यसको कारण कोकले आफ्नो शेयर भाउमा गिरावट आउँदा ४ बिलियन डलर घाटा बेहोर्नु परेको बताइएको छ ।
पोर्चुगिज कप्तान आफ्नो स्वास्थ्यप्रति निकै सचेत रहने गर्छन् र यस्ता पेय पदार्थबाट टाढै रहन्छन् । पत्रकार सम्मेलनमा कोकको बोटल हराउँदै उनले पानीको बोतल हातमा उठाउँदे देखाएका थिए । उनको पानी पिउनु हितकर हुने सन्देश दिएका थिए । उनको त्यो सन्देश सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । उनको त्यो व्यहारले कोकलाई भने असर परेको छ ।
युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मंगलबार विज्ञप्ति नै जारी गरेको छ । जहाँ, लेखिएको छ, ‘फरक आवश्यकता र स्वादका आफुले चाहेको पेप पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’यस घटनापछि कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्ब अमेरिकी डलरबाट घटेर २ सय ३८ अर्ब डलरमा झरेको छ ।