पूर्वप्रधानमन्त्री खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु

एटुजेड समाचार

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार शुरु भएको छ । भारतस्थित नेपालका लागि राजदूत निलाम्बर आचार्यले खनालको उपचार प्रक्रिया अघि बढेको सामाजिक सञ्जालमा जानकारी दिएका छन्।

‘उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ।’

उनलाई बुधबार साढे १२ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली लगिएको हो। लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई दुई दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। परिवारले थप उपचारका लागि दिल्ली लैजाने भनेपछि अस्पतालले डिस्चार्ज गरेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु