हाम्रो जन्मभूमि संस्थाद्वारा आश्रममा रहेका बालबालिकाहरुलाई नि:शुल्क खाना

एटुजेड समाचार

चितवन – हाम्रो जन्मभूमि संस्थाले बाल आश्रममा रहेका बालबालिकाहरुलाई खाना खुवाएको छ। संस्थाले एक कार्यक्रमको आयोजना गरी चितवन, इटहरी र बुटवल आश्रममा रहेका बालबालिकाहरुलाई खाना खुवाएको हो।

संस्थाले ८० भन्दा बढी बालबालिकाहरुलाई एकदिने खानाको ब्यवस्था गरेको हो । जसमा सहाराको घर आश्रम भरतपुर चितवनका २० जना, सहारा बालबालिका सेवा आश्रम ईटहरीमा ४१ जना र सिर्जनशील बाल आश्रम तिलोतमा बुटवलका १४ जना बालबालिकालाई खाना खुवाएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ईन्द्र प्रसाद आचार्य, सहाराको घर आश्रम भरतपुर चितवनका संयोजक तुलसी प्रसाद भट्ट, सिर्जनशील बाल आश्रम तिलोतमा बुटवलका संयोजक सुमी न्यौपाने आचार्य, सहारा बालबालिका सेवा आश्रम ईटहरीका संयोजक तुलसा श्रेष्ठ, नेपाल टिकटको हार्ट ग्रुप , मिलीजुली परिवार, संस्थाका प्रतिनिधि लगाएतको उपस्थित रहेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु