सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु

एटुजेड समाचार

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएर ।

पोखरेलका अनुसार प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।  मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु