चितवन उद्योग संघद्वारा रत्ननगर नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश

एटुजेड समाचार

रत्ननगर – चितवन उद्योग संघ रत्ननगर इकाई समितिले रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०७८÷०७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ ।रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित सुझाव पत्रलाई चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारी र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले संयुक्त रुपमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलाई हस्तान्तरण गर्नुभएको थियो ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरु र रत्ननगर नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि पेश गरिएको सुझावको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले उद्योग तथा रोजगारी र सीप विकास, राजश्व परामर्श, कृषि तथा पशुपंक्षी सम्बन्धि तयार गरिएको सुझावहरुलाई प्रस्तुतिकरण गर्नुभएको थियो ।

सुझाव पेश कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चितवन उद्योग संघले चासोका साथ ल्याएको सुझावलाई रत्ननगरको बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गरिने समेत बताउनुभयो ।त्यस्तै रत्ननगर नगरपालिकाका उप प्रमुख बिमला देवी दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले रत्ननगरको बजेट, नीति तथा कार्यक्रम पूर्व संघले ल्याएका सुझावहरुले निकै महत्व राख्ने हुँदा कार्यक्रमको प्रशंसा समेत गर्नुभयो ।

सुझाव पेश कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, रत्ननगर नगरपालिकाका राजश्व शाखा अधिकृत धर्मराज अधिकारी, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, गोपाल प्रसाद गैरे, पुरुषोत्तम रिजाल, सुधा सुवेदी पौडेल, रत्ननगर इकाई समितिका उपाध्यक्ष गोविन्द प्रसाद खनाल, महिला उद्यमी मञ्च रत्ननगरकी अध्यक्ष प्रमिला पोखरेल, युवा उद्यमी मञ्च रत्ननगरका अध्यक्ष शिव खनाल, रत्ननगर इकाई समितिका सदस्य गोमा अम्गाई, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, रत्ननगर क्षेत्रका उद्योगीहरुको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यक्रम अधिकृत विकास भट्टले सञ्चालन गर्नुभएको सुझाव पेश कार्यक्रमलाई चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु