नारायणी नदीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

एटुजेड समाचार

चितवन – नारायणी नदी देवघाटमा पानीको वहावले खतराको तह पार गरेको छ । लगातरको वर्षाको कारण नदीमा पानीको वहाव बढेर खतराको तह भन्दा माथि पुगेको हो ।

जल मापन केन्द्रका अनुसार देवघाटमा आज दिउँसो ४:१० बजे पानीको वहाव ८ दशमलव १४ मिटर पुगेको छ । यो भनेको खतराको तह भन्दा माथि हो । देवघाटमा ८ मिटरलाई खतराको तह मानिन्छ ।

पानीको वहाव बढेसँगै टकिय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु