नारायणी नदी देवघाटमा पानीको वहाव चेतावनी तह भन्दा माथि, सतर्कता अपनाउन आग्रह

एटुजेड समाचार

चितवन – नारायणी नदी देवघाटमा पानीको वहावले चेतावनी तह पार गरेको छ । लगातरको वर्षाको कारण नदीमा पानीको वहाव बढेर चेतावनी तह भन्दा माथि  पुगेको पुगेको हो ।

जल मापन केन्द्रका अनुसार देवघाटमा आज दिउँसो ३:४० बजे पानीको वहाव ७ दशमलव ९३ पुगेको छ । यो भनेको चेतावनी तह पार गरेर खतराको तह नजिक हो । देवघाटमा ७ दशमलव ३ मिटरलाई चेतावनी तम मानिन्छ भने ८ मिटरलाई खतराको तह मानिन्छ ।

पानीको वहाव बढेसँगै टकिय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु