चितवन – चितवनमा रातिदेखि नै लगातर बर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले गए राति देखि नै लगातर भइरहेको हो । लगातारको वर्षाके जन जीवन प्रभावित बनेको छ ।
लगातारको वर्षाको कारण नारायणी, राप्ती र अन्य नदीहरुमा पानीको वहाव बढ्न सक्ने भन्दै तटिय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।


जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर नै वर्षा हुनेछ । चितवनसहित बागमती प्रदेशका केही जिल्लामा दिनभर भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाका अनुसार प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा पनि दिनभर भारी वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै आज राति पनि देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।