चितवन उद्योग संघद्वारा रत्ननगरको बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश

एटुजेड समाचार

चितवन – चितवन उद्योग संघ रत्ननगर इकाई समितिले रत्ननगर नगरपालिकाको आ. व. २०७८/०७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल र इकाई अध्यक्ष गजेन्द्र अधिकारीले संयुक्त रुपमा उक्त सुझाव पत्र नगर प्रमुख नारायण वनलाई हस्तान्तरण गरे ।

संघका अध्यक्ष राजु पौडेलले संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरु र नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि पेश गरिएको सुझावको बारेमा जानकारी गराएका थिए । औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं संघका उपाध्यक्ष युगराज वस्तीले उद्योग, रोजगारी र सीप विकास, राजश्व परामर्श, कृषि तथा पशुपंक्षी सम्बन्धि तयार गरिएको सुझावहरुलाई कार्यक्रममा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख वनले संघले चासोका साथ ल्याएको सुझावलाई बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गरिने बताए । नगर उप प्रमुख बिमला देवी दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले रत्ननगरको बजेट, नीति तथा कार्यक्रम पूर्व संघले ल्याएका सुझावहरुले निकै महत्व राख्ने बताए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, रत्ननगर नगरपालिकाका राजश्व शाखा अधिकृत धर्मराज अधिकारी, कार्यसमिति सदस्यहरु, इकाई समितिका उपाध्यक्ष गोविन्द प्रसाद खनाल, महिला उद्यमी मञ्च रत्ननगरकी अध्यक्ष प्रमिला पोखरेल, युवा उद्यमी मञ्च रत्ननगरका अध्यक्ष शिव खनाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु