अब राउटे बस्तीमा सिधै प्रवेश गरी राहत वितरण गर्न नपाइने

एटुजेड समाचार

सुर्खेत – राउटे समुदायभित्र गएर कुनै पनि प्रकारको राहत वितरण गर्न निषेध गरिएको छ । कोरोना महामारी र राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई ख्याल गरी बस्तीभित्र प्रवेश गरी राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा निषेधित गरिएको हो ।

राउटे समुदायका दुई युवतीहरूमाथि भएको दुव्र्यवहारको घटना र संवेदनशीलतालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महराले अब समुदायमा वितरण हुने राहतको उचित व्यवस्थापन गर्न विभिन्न दाताहरुबाट राउटे समुदायको लागि आउने राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने बताए ।

सहजीकरण समितिले समुदायको लागि आवश्यकता पर्ने सामाग्रीको आँकलन गरी आवश्यकताअनुसार सो मौज्दातबाट उपलब्ध गराउने, दाताहरू आफै उपस्थित भई राहत उपलब्ध गराउन चाहेमा सोको अभिलेख सामाजिक विकास मन्त्रालयले राखी स्थानीय तह र सहजीकरण समितिको सदस्यको रोहबरमा मात्र बस्ती नजिक गई राउटे मुखियालाई उपलब्ध गराउनुपर्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु