काठमाडौं – विभिन्न संवैधानिक आयोगमा सिफारिस भएका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
संवैधानिक परिषद्को वैशाख २६ गतेको बैठकले लोक सेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो । त्यही नियुक्ति रोक्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गरेका हुन् । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको रिट निवेदनमा भनिएको छ ।



राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे वैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिईन् । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र मन्त्रिपरिषद्काे कार्यालय, संवैधानिक परिषद्को सचिवालय र सभामुखलाई विपक्षी बनाइएको छ ।