काठमाडौं – काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गर्दै मोडालिटी पनि परिवर्तन गरेका छन् । होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । त्यस्तै, खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ भने ‘पुस्तक पसल विहान ११ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै ‘हार्डवेयर पसल दिउँसो ४ बजेपछि खोल्न दिने भएको छ ।


