चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले बाढी पहिरोको जोखिममा रहेका सर्बसाधारणले उच्च साबधानी अपनाउन अनुरोध गरेको छ । प्रशासनले आज (आईतबार) एक सुचना जारी गर्दै यस बर्षको मनसुन सुरु हुने बेला भएको कारण बाढी, पहिरो, नदीकटान र डुवानको क्षेत्रमा बसोबास गर्ने सर्बसाधारणले उच्च साबधानी अपनाउन अनुरोध गरेको हो ।
सुचनामा भनिएको छ, जिल्लाका नारायणी राप्ती लगाएतका स – साना खोलाहरुको कारण जिल्लाका विभिन्न स्थानहरुमा बाढी कटान र ढुबानको उच्च जोखिममा पर्ने गर्दछन् त्यसकारण सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो ।साथै बढी आएको समयमा नदी नालाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न प्रशासनले अनुरोध गरेको छ ।

