प्रदेश २ सरकारमा कांग्रेस पनि सहभागी हुने, तीन मन्त्रीले सपथ लिँदै

एटुजेड समाचार

जनकपुरधाम – प्रदेश २ को सरकारमा नेपली कांग्रेस पनि सहभागी हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो ।

कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । तीनै जना मन्त्रीले बुधबार नै सपथ लिनेछन् ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको सत्ता पक्षका वार्ता समिति सदस्य भूमि, व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु