चितवनमा आज कोरोनाबाट ९ जनाको मृत्यु, ३० जना संक्रमणमुक्त, १३४ संक्रमित थपिए
चितवन – चितवनमा आज कोरोना भाईरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछील्लो चौबिस घण्टामा जिल्लाका विभिन्न अस्पतालमा कोरोनाबाट ९ जनाको मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा ५ जना, भरतपुर अस्पतालमा ३ जना, र बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा १ जनाको मृत्यु भएको हो । त्यसमध्य चितवनका ३ जनाको मृत्यु भएको छ । अन्य ६ जना भने जिल्ला बाहिरका रहेका छन् ।
त्यस्तै पछील्लो छौबिस घण्टामा ३० जना कोरोना संक्रमणमुक्त भएका छन् भने पछील्लो छौबिस घण्टामा चितवनमा १३४ जना संक्रमित थपिएका छन् ।
तपाइँको प्रतिक्रिया