चितवनका घरजग्गा व्यवसायी भन्छन : बैंकको ब्याज बढ्दै गयो, जग्गाको भाउ घट्दै गयो
सूर्यप्रसाद अधिकारी, चितवन । तीनबर्षदेखि ओरालो लाग्दै गएको चितवनमा घरजग्गाको कारोबार कोरोनाको कहरले थप थलाईदिएको छ । निशेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भएपछि घरजग्गा कारोबार ठप्प हुंँदा व्यवसायी मारमा परेका छन । निशेधाज्ञा अघि यो कारोबारले बामे सर्न लागेपनि हाल निशेधाज्ञापछि भने कारोबार , कर्जाका काम तथा अंशवण्डा काम रोकिएकाले यस क्षेत्रमा असर परेको हो । जसले गर्दा जग्गा व्यवसायीले करौडौं रकम ब्याज तिर्न सकेका छैन भने घरजग्गाको भाउमा पनि बृद्धि हुन नसकेको व्यवसायीले बताउंँदै आएका छन । बिक्रमबाबा हाउजिङ्ग कम्पनीका अध्यक्ष लेखराज पन्त किक्ताकाट बन्द भएका कारण र कोरोनाको कारण घरजग्गा व्यवसायी न घर न घारको स्थितिमा पुगेको बताउंँछन । ‘एक त किक्ताकाट बन्द छ, अर्कोकुरा कारोबार पनि छैन , भाउपनि छैन ।’ उनले भने ।
बैंकको व्याजको तुलनामा जग्गाको भाउ कम हुंँदा आफूहरु थप थलिंँदै गएको पन्तले बताए । हाल जिल्लाका मालपोत कार्यालयमा अंशवण्डा , केही रजिष्ट्रेन पास र कर्जाका लागि जग्गा रोक्का गर्न नपाउंँदा व्यवसायीलाई मात्र नभई सेवाग्राही र सरकारलाई समेत असर परेको छ ।
प्रभु हाउजिङ्ग कम्पनीका अध्यक्ष एवं नारायणी घरजग्गा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव कार्की घरजग्गा व्यवसायलाई व्यवसायको रुपमा नहेर्दापनि यो क्षेत्र तहसनहस भएको बताउंँछन । ‘घरजग्गा क्षेत्रमा व्यवसायीको आकर्षण पनि छ , हरेक नागरिकको लागि आवश्यक क्षेत्र पनि हो उनले भने, राज्यले यस क्षेत्रलाई व्यवस्थित र मर्यादित नबनाउंँदा यस क्षेत्र धराशायी हुंँदे गएको हो ।’ सरकारले नेपालबाट गिटी बालुवा देशबाहिर निकासी गर्ने नीति बनाउंँछ तर भू–उपयोग नीति भने लागु गर्न सक्दैन ।’ उनले भने ।
आर्थिक गतिविधि ठप्प हुंँदा र मानिसको क्रयशक्ति क्षमतामा ह्रास हुंँदा पनि घर जग्गा कारोबारमा शिथिलता आएको हो । यो क्षेत्र करोडौंको रुपैयांँ लगानी हुने क्षेत्र र अन्तरनिर्भर व्यवसाय पनि हो ।
घरजग्गा व्यवसायले यस क्षेत्रलाई मात्र चलायमान बनाउंँदैन यसले राजश्व संकलनको साथै अन्य व्यवसायलाई पनि गति दिनका लागि सहयोग गर्दछ । ‘घरजग्गा व्यवसायले यस क्षेत्रलाई मात्र प्रभाव पार्देन चितवन गुरांँस इन्भेष्टमेण्ट एण्ड डेभलपर्स प्रालिका प्रबन्ध सञ्चालक दिनेशकुमार चुके भन्छन, यसक्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने होटल,यातायात तथा बैकिङ्ग क्षेत्रलाई पनि चलायमान बनाउंँछ ।’ विगत केही बर्षदेखि सुस्ताएको घरजग्गा व्यवसायलाई कोरोनाका कारण मालपोत कार्यालय बन्द हुंँदा थप समस्या परेको उनले बताए । ‘यो क्षेत्र पनि अति प्रभावित क्षेत्र भित्र पर्दछ , उनले भने , न व्याजमा सहुलियत छ न कुनै बिशेष प्याकेजनै ।सरकारले हेर्ने दृष्टिकोण पनि सही छैन ।’ यसक्षेत्रलाई उकास्न र घरजग्गामा सबै नागरिकको पहुंँच बनाउन भूउपयोग नीति र सरल किस्ताबन्दी र सहुलियत व्याजदरमा ऋण प्रवाह हुनुपर्ने उनको बुझाई छ । अघिल्लो बर्ष भन्दा कोरोना कहरपछि झण्डै ८० प्रतिशतसम्म घरजग्गा कारोबारमा कमी आएको उनले बताए ।
निशेधाज्ञाले राजश्व संकलनमा पनि असर
चितवनमा निशेधाज्ञाका कारण बैशाख १७ देखि जिल्लाका मालपोत कार्यालय बन्द हुंँदा राजश्व संकलनमा पनि असर परेको छ । प्राय दैनिक भीडभाड हुने सरकारी कार्यालय भित्र पर्ने यो कार्यालयमा निशेधाज्ञा कारण झण्डै डेढ महिनादेखि कार्यालय सञ्चालन आउन सकेको छैन । एकातिर राजश्व संकलनमा असर परेको छ भने अर्कोतिर सेवाग्राहीको काम समेत प्रभावित भएको छ । मालपोत कार्यालय, भरतपुरका प्रमुख शेरबहादुर भण्डारी निशेधाज्ञाका कारण मालपोत कार्यालय बन्द हुंँदा राजश्व संकलनमा ठूलो असर पुगेको बताउंँछन । ‘मासिक १८ करोड सम्म राजश्व उठ्ने यो कार्यालयमा अहिले बन्द हुंँदा संकलन शुन्य छ ।’उनले भने । कार्यालयका अन्य आन्तरिक काम पनि हुन नसकेको र अन्य कर्मचारी पनि जोखिमका कारण कार्यालय जान नसकेको उनले बताए । निशेधाज्ञाले राज्यको राजश्व मात्र नभई सेवाग्राहीको सेवा प्रवाहमा समेत ठूलो असर परेको बताउंँछन कार्यालयका सूचना अधिकारी हेम तिमिल्सिना । ‘एकदम भीडभाड हुने क्षेत्र हो यो । खुल्ला हुंँदा कोरोनाको जोखिम बन्द हुंँदा अरु असर परेको छ ।’ तिमिल्सिनाले भने । आर्थिक बर्ष अन्त्यको समय आएकोले र यसलाई लयमा फर्काउन आंँशिक रुपमा भएपनि कार्यालय सुचारु हुनुपर्ने उनको भनाई छ ।
तपाइँको प्रतिक्रिया