चितवन – चितवनमा आज कोरोना भाईरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछील्लो चौबिस घण्टामा जिल्लाका विभिन्न अस्पतालमा कोरोनाबाट ६ जनाको मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा ४ जना, पुरानो मेडिकल कलेजमा १ जना र बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा १ जनाको मृत्यु भएको हो । त्यसमध्य चितवनका १ जनाको मात्र मृत्यु भएको छ । अन्य ५ जना भने जिल्ला बाहिरका रहेका छन् ।


त्यस्तै पछील्लो छौबिस घण्टामा २१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने पछील्लो छौबिस घण्टामा चितवनमा ५० जना संक्रमित थपिएका छन् ।