यार्सागुम्बा सङ्कलनका क्रममा लडेर विद्यार्थीको मृत्यु

एटुजेड समाचार

दार्चुला – यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो ।

अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए ।महेश जेठ पहिलो साता यार्सागुम्बा सङ्कलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेको बताइएको छ । यस वर्ष यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु हुनेमा दुई महिला, एक विद्यार्थी र एक पुरुष छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु