चितवनमा अक्सिजनको अभावले माछा मर्न थाले
सूर्यप्रसाद अधिकारी, चितवन । चितवनमा माछाको उत्पादन बढ्दै गएपछि पोखरीमा अक्सिजनको अभाव हुंँदा माछा मर्न थालेका छन । तयार भएका माछा किसानले पोखरीबाट निकाल्न नपाउंँदा अक्सिजनको अभाव भएको हो । रत्ननगर नगरपालिका वडा नम्बर ९ का किसान भरत महत्तो बिक्रीका लागि तयारी माछा निकाल्न नपाउंँदा र माछाको संख्या बढ्दै जांँदा अक्सिजन अभाव भई माछा मर्न थालेको बताउंँछन । ‘माछाको उत्पादन र साइज र वजन पनि बढेको छ अर्डर नआई निकाल्न मिल्दैन उनले भने, पोखरी सांँघुरो भएर माछा मर्न थाले ।’ उनका अनुसार माछामा हाल कुनै रोग तथा दानाको अभाव नभएपनि प्रायः बिहानको समयमा अक्सिजन कम भएर माछा मर्न थालेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर २६ का किसान खगेन्द्र सुबेदी निशेधाज्ञा अघिनै तयार भएका माछा हालसम्म पनि बिक्री नभएपछि अक्सिजनको अभाव भएको बताउंँछन । ‘एउटै पोखरीमा ठूला र साना माछा खचाखच छन, उनले भने, जसले गर्दा पोखरीमा अक्सिजनको मात्रा पर्याप्त हुदैन । संघका अध्यक्ष समेत रहेका सुबेदीले पानीको तह बढ्दा माछा निकाल्न नसकिने र घट्दा अक्सिजनको अभाव हुंँदा माछा मर्न थालेको बताए । ‘अहिले बिक्री भन्दा पनि माछा कसरी बचाउने भन्ने मुख्य चुनौति छ, उनले भने, निशेधाज्ञा खुकुलो भयो भने नोक्सान कम होला ।’ माग र ढुवानी सहज भएपनि देशका ठुला शहरहरुमा माछाको थोक तथा खुद्रा पसल नखुल्दा बिक्रीमा समस्या भएको हो ।
निशेधाज्ञाले माछा कारोबारमा ८० प्रतिशतले गिरावट
झण्डै डेढ महिनादेखिको निशेधाज्ञाले चितवनको माछा व्यवसायमा भारी गिरावट आएको छ । नेपाल मत्यस्य व्यवसायी महासंघका अनुसार चितवनमा मात्र नभई देशभरनै ८० प्रतिशतको हाराहारीमा कारोबारमा कमी आएको हो । निशेधाज्ञा भएपछि होटल, रेष्टुँरा , विवाह, पार्टीजस्ता गतिविधि ठप्प हुंँदा यसको असर माछा व्यवसायमा पनि परेको हो । ‘निशेधाज्ञापछि झण्डै ८० प्रतिशत माछा बिक्री हुन सकेको छैन , महासंघका केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारीले भने, सहजरुपमा विक्री गर्ने पसल खोल्न नपाउंँदा पनि बिक्री हुन नसकेको हो ।’ स्थानीय प्रशासनले माछा खरीद बिक्री गर्ने समय छोटो समय लागु गरेको र बिहानको समयमा खुल्ला गरिएको कारण माग अनुसार बिक्री गर्न नसकिएको अधिकारीको भनाई छ । उनका अनुसार दिउसोको समयमा पोखरीबाट निकालेर बेलुका पसलमा बिक्री गर्दा कारोबार प्रभावकारी र व्यवहारिक हुनेछ । नेपाल मत्स्य व्यवसायी संघ, चितवनका उपाध्यक्ष लुलाराज तामाङ्ग निशेधाज्ञाको शुरुवाती समयमा अन्यौलको अवस्था रहेपनि पछिल्लो समय ढुवानी र माछाको दानाको लागि भने सहज भएको बताउंँछन । ‘माछा उत्पादन पनि राम्रै छ , माग पनि छ तर उपभोक्ताको घर पुरयाउन सकिएको छैन तामाङ्गले भने , पसलनै खुल्न नपाएपछि बिक्री कसरी हुन्छ र ?।’
संघका अनुसार चितवनमा २ हजार ३सय ८६ वटा पोखरी छन ।जहांँ ८५४ हेक्टरमा माछापालन हुदै आएको छ भने यहांँ १ हजार ३सय माछापालक किसान रहेका छन ।
महासंघका अनुसार देशभर २० हजार भन्दा बढी माछापालक किसान रहेका छन । बार्षिक १० अर्बको हाराहारीमा माछाको कारोबार हुदै आएको छ भने देशको कुल मागको ८० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको छ । २० प्रतिशत माछा मात्रै भारत लगायत अन्य देशबाट आउने गरेको महासंघले बताएको छ ।
तपाइँको प्रतिक्रिया