मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनद्धारा चेपागं समुदायलाई खाद्यान्न वितरण
चितवन – खाद्यान्नको अभावमा भोकै बस्न बाध्य अतिसिमान्तकृत चेपाग समुदायलाई राहत वितरण गरिएको छ । मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउंपालिकाका ५ का जौगरा,ढुसघारी, मड्केना, टार, पहेलेपानी र बक्सेरानाका ५० घर चेपागं परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
कोरोना भाइरसको दोस्रो लहरले महामारिको रुप लिएपछि दैनिक ज्यालामजदुर गर्ने समस्यामा परेको खवर पाएपछि जिल्लामा सहयोग रकम संकलन गरि राहत वितरण गरिएको संस्थाका सह संयोजक एवं राहत वितरण कार्यका संयोजक उषा खरेल सुवेदीले बताइन् ।
“ कोरोनाको विपदले अतिविपन्न र सीमान्तकृत समुदाय भोकै बसेको खवर आयो सुवेदीले भनिन् , हामीले परोपकारी मनका धनीसंग सहयोग रकम संकलन गरि मानवीय धर्म निभाएका हौ ।” प्रत्येक परिवारलाई एक बोरा चामल, एक पोका नुन,एक पोका तेल, एक किलो दाल वितरण गरिएको समेत उनले बताइन् ।
राहत वितरण कार्यक्रममा पुर्व सांसद अन्जली श्रेष्ठ र वाग्मती प्रदेश सदस्य मिलन बाबु श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । उनीहरुले १० हजार रुपैया सहयोग गरे । यस्तैगरि संस्थाका केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्वा, दीर्धमान श्रेष्ठ, विपिन रामुदामुले पनि १०,१० हजार सहयोग गरेका थिए ।
महिला अधिकारकर्मि मिना खरेलले यस कार्यका लागि ५ हजार रुपैया सहयोग गरिन् भने नन स्टप फन ग्रुपबाट १३ हजार ५ सय सहयोग गरे । अन्य सहयोग संस्थाका सदस्यहरु , नेपाली काग्रेसका कार्यकर्ता र व्यापारीहरुको गरि कुल १ लाख २३ हजार १ सय रुपैया रकम जम्मा भएको र उक्त रकम यस्तै विपत्तीमा परकोहरुको लागि खर्च गरिने समेत संयोजक खरेलले जानकारी दिइन् ।
यस संस्थाले विशेष गरि हिंसाप्रभावित महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । राहत वितरण कार्यक्रममा इच्छाकामना गाउंपालिका वडा नम्बर ५ का वडाध्यक्ष मोदराज सिलवाल, संस्थाका केन्द्रीय सल्लाहकार सुर्यहरि मरहठ्ठा, नारायणी अंचल सल्लाहकार कल्पना पौडेल,समाजसेवी एवं स्वाथ्यकर्मी सोमराज सुवेदी , बिस्नु कुबर, यान बहादुर गुरुङ, लगायतको सहभागिता रहेको थियो । संस्थाले यसअघि पनि सहयोग रकम संकलन गरि बाढीपिडितलाई राहत वितरण गरेको थियो ।कार्यक्रमको स्थानीय संयोजन सावित्री पुडासैनीले गरेकी हुन् ।
तपाइँको प्रतिक्रिया