वातावरण दिवसमा मौसम परिवर्तनको प्रभाव र चुनैतीका विषयमा सेमिनार हुँदै
चितवन – हरित ग्रह नेपाल (ग्रीन प्लानेट नेपाल) ले हाल महामारिले बातावरणमा पारेको प्रभावका विषयमा सेमिनार आयोजना गर्ने भएको छ । जेठ २२ गते (शनिबार) विश्व वाताबरण दिवको अअवसरमा भर्चुअल माध्यमबाट सेमिनार आयोजना गर्ने भएको हो ।
सेमिनारमा मौसम परिवर्तनले हिमाली भेगमा पारेको परिवर्तन र त्यसले उभएचर प्राणीमा थपेको चुनैतीहरुका विषयमा अन्तरक्रिया हुनेछ । विशेषगरी विदेशी बोट बिरुवाहरुले स्थानीय जङ्गलमा रहेका बोटबिरुवामा पारेको प्रभाव तथा वातावारण, वन्यजन्तु र त्यससँग जोडिएको पर्यापर्यटनका विषयमा सेमिनार केन्द्रीत हुनेछ ।
कार्याक्रममा भरतपुरस्थित बिरेन्द्र बहुमुखी क्याम्पसका प्राणी विभाग प्रमुख देबेन्द्र ढकाल प्रमुख अतिथि रहनेछन् भने सोही क्याम्पसका वनस्पती शास्त्र विभाग प्रमुख डा.मनोज कुमार लालदास, डा.विष्णु प्रसाद भट्टराई, जगन्नाथ अधिकारी, दिना नाथ ढकाललगायतको उपस्थित रहनेछ ।
बिहान साँढे १० बजेबाट सुरु हुने कार्यक्रममा इच्छुक जो कोहिले पनी सहभागीता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष निशान दाहालले जानकारि दिए ।कार्यक्रमको सहयोगीको रुपमा हिमाली वाताबरण तथा जनस्वास्थ्य संजाल, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम लगायतका विभिन्न संस्थाहरु रहेका छन् । कालिका नगरपालीका ५मा कार्यालय रहेको संस्थाले वाताबरण र बन्यजन्तुका क्षेत्रमा रहेर काम गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया