उद्योग वाणिज्य संघ चितवनद्वारा तनहुँंमा राहत वितरण
चितवन – उद्योग वाणिज्य संघ–चितवनले आज राहत वीतरण कार्यक्रम सम्पन्न गरेको छ । तनहुँंको विकट मानिने देवघाट गाउंपालिका १ बसेनीटारमा संघले आज एक कार्यक्रमका वीच राहत वितरण गरेको हो । राहत वितरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ को नया“ भेरियन्ट सहितको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट लागु गरिएको निषेधाज्ञाको कारण दैनिक ज्यालामजदुरी गरि जिविको पार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत राहत वितरण गरिएको बताउनु भयो । उहांले मानवीय समस्या र सेवामा कुनै भौतिक सिमा नहुने बताउंदै तनहूंको देवघाट गाउंपालिका १ को विकटमा रहेको वसेनीटारमा राहत वितरण गरिएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोनाको जोखिम अझ पनि उच्च रहेकोले सबैलाई सुरक्षित रहन अपिल गर्दैै आगामी दिनहरुमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने बताउनु भयो । राजमार्ग देखी करिब १२ किलोमिटरको उचाईमा रहेको उक्त विकट वस्तिका ५५ विपन्न परिवारलाई चामल,दाल, तेल, चिउरा, आलु, नुन लगायतका दैनिक अत्यावस्यकिय उपभोग्य वस्तुु वितरण गरेको संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संघले गतबर्ष देखीनै कोरोना राहतकोषको स्थापना गरि चितवन र आसपासमा रहेका वस्तीमा राहत वितरण लगायत अन्य सहयोगका कार्यक्रमहरु संचालन गर्दै आइरहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो । तनहूंका समासद् माननीय कृष्णकुमार श्रेष्ठको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, दित्तिय उपाध्यक्ष चिरञ्जिवि सुवेदी, कार्यसमिति सदस्य द्धय राजेन्द्र ओली र लिलबहादुर क्षेत्री तथा वडा देवघाट १ का जनप्रतिनिधिको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनको सचिवालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया