चितवनमा आज एकैदिन कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु, ३३ जना संक्रमण मुक्त
चितवन – चितवनमा आज कोरोना भाईरस संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यलय चितवनका अनुसार पछील्लो चौबिस घण्टामा चितवनका विभिन्न अस्पातलमा १७ जनाको मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा ११ जना,पुरानो मेडिकल कलेजमा ४ जना र क्यान्सर अस्पताल भरतपुरमा २ जना गरी १७ जनाको मृत्यु भएको हो ।आज मृत्यु हुने १७ जनानै चितवन बाहिरका रहेका छन् । आज चितवनमा एक जनाको पनि मृत्यु भएको छैन ।
त्यस्तै पछील्लो चौबिस घण्टामा चितवनमा ३३ जना संक्रमण मुक्त भएका छन् भने पछील्लो चौबीस घण्टामा चितवनमा ९५ जना कोरोना संक्रमित थपिएका छन्न ।
तपाइँको प्रतिक्रिया