चितवनमा जारी निषेधाज्ञा जेठ २७ गतेसम्म लम्बियो : के खुल्छन्, के खुल्दैनन् ?
चितवन – चितवनमा जारी निषेधाज्ञा जेठ २७ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । तेस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि २० गते रातिबाट सकिदैछ ।
के के खुल्छन्न के के खुल्दैनन् हेर्नुहोस् :
के खुल्छ ?
-स्वास्थ्य संस्था, फार्मेसी
-विद्युत कार्यालय, दुर सञ्चार तथा ईन्टरनेट सेवा
-ग्यास तथा पेट्रोलियम पदार्थ
-खानेपानी, फोहोर मैला व्यवस्थापन
-तरकारी, फलफुल, माछा, मासु, दुधजन्य पदार्थ, पशुपन्क्षी, दाना सम्बन्धि सेवा बिहान ६ बजे देखी ९ बजे सम्म मात्र सन्चालन गर्न पाउने
दुध डेरी साझ ५ बजे देखी ७ बजे सम्म मात्र सन्चालन गर्न पाउने
– खाधान्न लगाएत दैनिक उपभोग्य बस्तु तथा सेवा सम्बन्धीका व्यापार हप्ताको ३ दिन बिहान ६ बजे देखी ९ बजे सम्म आईतवार,मंगलवार र विहिबार मात्र सन्चालन गर्न पाईने
-बिरामी बाहेक २ जना कुरुवासहित एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी साधन, सरकारी काममा प्रयोग हुने सवारी
-तरकारी, फलफुल, खाद्यान्न, माछा, मासु, अण्डा, दुधजन्य पदार्थ, पशुपन्क्षी, दाना, सम्बन्धि ढुवानी गर्ने सवारी
-बैंकको एटिएमका सवारी साधन
– बैक बित्तिय संस्था तथा सहकारीबाट हुने बैकिङ सेवाको हकमा न्युनतम कर्मचारी खटाई हप्ताको तीन दिन आईतवार,मंगलवार र विहिबार बिहान १० बजे देखी १ बजे सम्म मात्र सन्चाल्न गर्न पाउने
-प्रशासनबाट अनुमानि लिएर मृत्यु संस्कारमा प्रयोग हुने सवारी
-सञ्चारकर्मीले प्रयोग गर्ने साधन
-कृषि उपकरण ढुवानी गर्ने साधन
-अनुमानि प्राप्त साधन
– एयरपोर्ट जाने सवारी साधन
मालबाहक सवारी साधन तथा निर्माण सामाग्री ढुवानी गर्ने साधन जिल्लामा बिहान ६ बजे देखी दिउसो २ बजे सम्म सन्चाल गर्न पाईने
के खुल्दैन ?
-अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाइने
-सभा, सम्मेलन, गोष्टि, जात्रा, महोत्सव
-सिनेमा हल, होटल, रेष्टुरेन्ट, दोहोरी, पार्टी प्यालेस, फुटसल, पुस्तकालय, जिमखाना, हेल्थ क्लब, स्विमिङ पुल, फुटपाथ पसल
-ब्युटीपार्लर, सैलुन टेलरिङ्ग
-सबै शैक्षिक संस्थाहरु
-लामो तथा छोटो दुरीका सवारी साधन
-मठ मन्दिर, गुम्बा, चर्चलगायतका सबै धार्मिक स्थलहरु
-पार्टी प्यालेसमा विवाह ब्रतबन्ध गर्न नपाईने, घरमै गर्दा १० जना भन्दा बढी सहभागी हुन नपाईने
-वनमा हुने जङ्गल सफारी, राप्ती र नारायणीमा जलयात्रा
-अत्यावश्यक बाहेकका सेवा दिने कार्यालय
– मृत्यु संस्कारमा १५ जना भन्दा बढी सहभागी हुन नपाईने
तपाइँको प्रतिक्रिया