चितवन – चितवन उद्योग संघ माडी इकाई समितिको सहकार्यमा बघौडा अस्पताल, कसरा गण सहित माडी क्षेत्रका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
चितवन उद्योग संघ माडी इकाई समितिका अध्यक्ष भोजराज खनालको अध्यक्षता एवं चितवन उद्योग संघका उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेको नेतृत्वमा बघौडा अस्पताल, इलाका प्रहरी कार्यालय माडी, सशस्त्र प्रहरी कार्यालयका ५ वटै पोष्टहरु, माडी क्षेत्रमा कार्यरत पत्रकारहरुलाई माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।
सोही अवसरमा श्री खड्ग दल गण कसरालाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । संयुक्त रुपमा श्री खड्ग दल गण कसराका सेनानी आशिष तामाङ, सशस्त्र प्रहरी बल बनकट्टाका पूर्णकर गौतम र छरछरे पोष्टका बेलबहादुर वि.क., कल्याणपुर पोष्टका आनबहादुर गुरुङ मार्फत कान्छी बगही पोष्ट, बाँदरझुला पोष्टलाई हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेल, बघौडा अस्पतालका प्रमुख डा.रन्जु सिंह, जनस्वास्थ्य प्रमुख शिव सुवेदी, संघका कार्यसमिति सदस्य गोपाल प्रसाद गैरे, कार्यालय सहायक उमेश श्रेष्ठ लगायत माडी इकाई समितिका पदाधिकारी एवं सदस्यहरु, माडी क्षेत्रका पत्रकारहरु समेत उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।


