इन्डियन आइडलमा प्रतिस्पर्धीको झुटो तारिफ गर्न लगाइन्छ : सुनिधि चौहान

सिङ्गिङ रियालिटी शो इन्डियन आइडल १२ को विषयमा विवाद बढ्दै गइरहेको छ । आफ्नो नयाँ अन्तरवार्तामा उनले इन्डियन आइडल छोड्नुको कारणबारे खुलासा गरेकी छिन् ।
सुनिधिले आफ्नो अन्तरवार्तामा भनेकी छिन्, आफ्नो सोच र विचारलाई पन्छाएर निर्माताले उनलाई प्रतियोगीको झुटो तारिफ गर्न अह्राएका थिए ।
सुनिधि चौहानले इन्डियन आइडलको पाँचौं र छैटौं संस्करणमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्् । सुनिधिलाई शोलाई अनावश्यक रुपमा तानिएको हो भन्ने प्रश्न सोधिएको थियो, यसमा उनले जवाफ दिइन्, ‘यो सबै दर्शकको ध्यान केन्द्रीत गर्नका लागि हो । यसमा प्रतियोगीको कुनै गल्ती छैन । जब प्रतियोगीले तारिफ मात्रै सुन्छन् तब उनीहरु रनभुल्लमा पर्छन् र यस्तोमा वास्तविक प्रतिभा खराब हुने गर्छ ।’


रियालिटी शोजबारे कुरा गर्दै सुनिधि चौहान भन्छिन्, ‘सङ्गीतमा नाम कमाउने सपना देख्नेहरुका लागि यसले निकै ठूलो मञ्च प्रदान गरेको छ । तर यसमा कलाकारकलाई बेफाइदा हुन्छ किनभने मानिसहरु टिभीमा आफ्नो कथा देखाएर रातारात चर्चित हुने गर्छन् र उनीहरुको केही गरेर देखाउने चाहना समाप्त हुने गर्छ ।’ सुनिधि चौहानका अनुसार शोमा केही प्रतियोगीको प्रस्तुतीलाई ‘ठिकठाक’ बनाउने काम पनि गरिन्छ । जब उनलाई यसको अर्थ सोधियो तब उनले भनिन्, ‘गीत गाउँदा वा रेकर्डिङका बेला प्रतियोगीले कहिलेकाँही समस्या महसुस गर्छन् जसलाई शो टेलिकास्ट हुनु अघि मिलाइन्छ ।’
सुनिधिले यसबारे थप्छिन्, ‘हो, केही मानिसहरुले तर पनि मिहिनेत गर्छन् तर असाध्यै चर्चा पाएपछि उनीहरुको दिमागमा असर पक्कै पनि पर्छ । यो छोटो समयमा पाएको ठूलो उपलब्धि हो । यसमा प्रतियोगीको कुनै गल्ती छैन किनभने यो गेमको नाम टिआरपी हो । ’
तपाइँको प्रतिक्रिया