तरुण नेता स्याङतानको जन्मदिनमा बिपन्न ४० परिवारलाई खाद्यान्न सहयोग

एटुजेड समाचार

चितवन – नेपाल तरुणदल चितवन जिल्ला सदस्य सन्तोष स्याङतानको जन्मदिनको अवसर पारेर नेपाल तरुणदल कालिका नगरपालिकाले लकडाउनको समयमा कालिका नगरपालिका भित्रका अति बिपन्न ४० परिवारकालाई राहत वितरण गरेको हो ।

रोगले भन्दा भोकले कोहि पनि मर्न नपरोस भन्ने उदेश्यका साथ आफ्नो जन्मदिनका अवसरमा २० हजारको कोष स्थापना गरी अन्य सहयोगी दाताहरुको सहयोगमा आज बाट सुरु भएको राहत बितरण कार्यक्रम लकडाउन अवधीभर कालिका नगरपालिका भित्र तरुण दलको अगुवाइमा संचालन भैरहने हुँदा आँफुलाइ निकै खुसी लागेको तरुण नेता स्याङतानले बताए ।

शुक्रबार भएको पहिलो चरणको राहत बितरण कार्यक्रममा कालिका नगरपालिका भित्रका अति बिपन्न ४० परिवारका लागि प्रती परीवार २० के. जी . चामल, १ लिटर खाने तेल, १ किलो दाल र १ प्याकेट नुन बितरण गरिएको थियो । सरकारले निशेधाज्ञा जारी गरेका कारण तरुण युवाहरुको अगुवाइमा राहत प्याकेजलाई बिपन्न परिवारको घर सम्म नै पुर्याईएको थियो ।

कालिका नगरपालिकाका तरुण अध्यक्ष कमल मुक्तान, सचिव दिवश मगर, ने. बि. संघ जिल्ला सह – सचिव अशोक स्याङतान, युवा नेता केशव तिवारी,राम शरण पाठक, सागर लामा लगायतले राहत बितरण कार्यक्रमको अगुवाई गरीरहेका छन् ।नगरपालिका भित्र अति बिपन्न परिवारको डाटा कलेक्सन भैरहेको र अर्को साता फेरि पनि दोश्रो चरणको राहत बितरण गरीने सँयोजक दिवश मगरले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू