चितवनको माडीमा बाघको आक्रमणबाट एक युवक घाईते

चितवन – चितवनमा बाघको आक्रमणबाट एक जना युवक घाईते भएका छन् । घाईते हुनेमा माडी नगरपलिका ७ गोपालनगरका २५ बर्षिय थमन बहादुर भुजेल रहेका छन् ।
आज (शुक्रबार) दिउसो २ : २० बजेको समयमा गौरीनगर सामुदायिक बनमा भैसि चराउन जाँदा एक्कासी बाघले आक्रमण गर्दा घाईते भएका उनको उपचारको लागी बघौडा हस्पिटलमा ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले बताए । उनको टाउको र हातमा चोट लागेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको डिएसपी थापाले बताए ।
तपाइँको प्रतिक्रिया