शिव र रचनाको ‘सुनको चन्द्रमा’ सार्वजनिक (भिडियोसहित)

चितवन – चर्चित गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत “सुनको चन्द्रमा” को बोलको गीत सार्वजनि भएको छ । लोक लयको उक्त गीत आज (शुक्रबार) सार्वजनिक भएको हो ।
शिव र रचनाले एक अर्कासँग गाएको यो पहिलो युगल गीत हो । सार्वजनिक गीतमा कलाकार पुष्प आचर्याको शब्द रचना छ। दीपक शर्माको संगीत रहेको गीतमा ओम सुनारले संयोजन गरेका छन् ।
रबि एण्ड उषा मिडियाद्धारा निर्मित गीतको भिडियोलाई चर्चित नृत्य निर्देशक शंकर बिसीले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन पनि बिसीकै रहेको छ । भिडियोमा बीसीसँगै शोभित बस्नेत, उत्सव अधिकारी, दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको छ ।
दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई नबिन घर्ति मगरको सम्पादन गरेका हुन् । गीतको भिडियो चिववनकै पर्यटकीय स्थल भरतपुरस्थित पटिहानीमा छायांकन गरिएको हो । यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट ,राप्ती नदि ,थारु सस्कृति,बाेटे सस्कृति,हात्ती सफारी र थारु कल्चरलाई देखाउन खोजिएको छ । भिडियोको माध्यमबाट पटिहानीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने समेत निर्माण युनिटको विश्वास छ ।
तपाइँको प्रतिक्रिया