चितवन मेडिकल कलेजमा चितवनका १३६ सहित २०९ जनामा कोरोना संक्रमण

चितवन – चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा २०९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । चितवनका १३६ जना सहित अन्य जिल्लाका ७३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।कलेजका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै २ बर्ष देखी ९२ बर्ष उमेर समूका १०५ जनामा कोरोना पुष्टी भएको हो ।
यस्तै रत्ननगर नगरपालिकाका १९ देखि ७२ वर्ष उमेर समूका १९ जना, खैरहनिमा २७ बर्ष देखी ६५ वर्ष उमेर समूका ६ जना, कालिकामा ३८ देखि ७९ वर्ष उमेर समूका ३ जना र राप्तीमा २० देखि ६५ वर्ष उमेर समूका ३ जनामा कोरोना देखिएको हो ।
सोही प्रयोगशालामा अन्य जिल्लाका ७३ जनामा कोरोना देखिएको छ । रिपोर्टमा हेर्नुहोस्
तपाइँको प्रतिक्रिया