भरतपुर अस्पतालमा कोभिड `हेल्थ डेक्स´ सञ्चालनमा

चितवन – भरतपुर अस्पतालले हेल्थडेक्स सञ्चालनमा ल्याएको छ। चौबीसै घण्टा नै सञ्चालन हुने गरी कोभिड उपचारलाई सरल बनाउन हेल्थडेक्स सञ्चालनमा ल्याईएको हो।
प्रारम्भिक सोधपुछ, अस्पतालमा बेड खाली भए नभएको बुझ्न, कोभिड आईसियू, एचडियू लगायत बिरामीको अवस्थाबारे जानकारी लिन हेल्थडेक्स सञ्चालनमा ल्याईएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए । बेड खाली भए नभएको बुझ्न अथवा थप जानाकारीको लागि यि 056596190/056596390 नम्बर मा फोन गर्न सकिने व्यबस्था गरिएको छ ।
कोभिड ओपिडी औपचारिक रुपमा शुरु नगरिए पनि पिसिआर परीक्षण, छातीको एक्सरे, सिटिस्क्यान आदिको रिपोर्टमा भएका जिज्ञासा मेटाउन र गम्भीर प्रकृतिका कोभिड बिरामी आइपुगे उनीहरुको कन्सल्टेसन सहितको सेवाको लागि स्टेनबाई चिकित्सकको व्यवस्था गरिएको डा. अधिकारीले बताए ।
तपाइँको प्रतिक्रिया