साईराम डेण्टलका चिकित्सक दम्पतीद्धारा स्वास्थ्य सामाग्री सहयोग

चितवन – कोभिडको महआमारीमा अग्रपंक्तिमा खटिनेहरुलाई चितवनका बरिष्ठ दन्त चिकित्सक डा. अजय न्यौपाने र डा. सरु थापा न्यौपानेले सहयोग गरेका छन् । नारायणगढ स्थित साईराम डेण्टल प्रालिको तर्फबाट चिकित्सक दम्पतीले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । साईराम डेण्टलले पाँच लाख रुपैया बराबरको अक्सिजन सिलिण्डर , मास्क, सेनिटाइइजर, भाइजर, पीपीई र ग्लोब्स वितरण गरेको हो । केही मात्रामा भए पनि समस्यालाई हल गर्न सहज होस भनेर सहयोग गरेको बरिष्ठ दन्त चिकित्सक डा. अजय न्यौपानेले बताए ।
सामाजिक दायित्व वहन गरेर विभिन्न निकायलाई निजि लगानीमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । भरतपुर अपताल , जिल्ला प्रहरी कार्यालय चितवन र जिल्लामा क्रियाशिल पत्रारको लागी मास्क , स्यानीटाईजर , ग्लोब्स वितरण गरेका हुन् । भरतपुर अस्पतालमा विरामीको लागी दश थान ठुलो अक्सिजन सिलिण्डर सहयोग र स्वास्थ्यकर्मीका लागी एक सय थान पिपिई , पाँच कार्टुन ग्लोब्स सहयोग गरेका छन् ।
साईराम डेण्टलकी प्रवन्ध निर्देशक डा सरु थापा न्यौपानेले विपतको बेला कोभिडबाट सुरक्षित रहेर काम गर्न सहज होस भनेर सहयोग गरेको बताईन् ।गत वर्षपनि उनीहरु विपतमा परेका लाई सहयोग गर्न निकै सक्रिय थिए । गत वर्ष मात्रै करिब १७ लाख बराबरको सहयोग गरेका हुन । समाजिक उत्तरदायीतव सम्झिएर सहयोग गरेको उनीहरु बताउछन् ।रासस
तपाइँको प्रतिक्रिया