एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनः नियुक्त भएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि डा. कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा.कृष्णप्रसाद ओली, डा.उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो । शपथ ग्रहणपछि डा. कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गर्नुभएको उनका प्रेस विज्ञ रामेश्वर कार्कीले जानकारी दिए ।रासस
तपाइँको प्रतिक्रिया