सांसद नरहेका ७ जना मन्त्रीलाई कामकाज गर्न रोक लगाउन सर्वोच्चको आदेश

काठमाडौं – सांसद नरहेका ७ जना मन्त्रीलाई कामकाज गर्न रोक लगाउन सर्वोच्चको आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, लेखराज भट्ट, प्रभु साह,दावा लामा, र मणि थापालाई मन्त्रीको हैसियतमा काम नगराउनु भनी आदेश जारी गरेको हो । सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइनु असंवैधानिक भएको सर्वोच्च अदालतले बताएको छ ।
तपाइँको प्रतिक्रिया