चितवन-चितवनमा आज (बिहीवार) एकैदिन कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जिल्लाका बिभिन्न अस्पतालमा गरी १६ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा आज ७ जना, भरतपुर सरकारी अस्पतालमा ३, पुरानो मेडिकल कलेज भरतपुरमा ३ जना, क्यान्सर अस्पतालमा २ जना र बगौडा अस्पताल माडिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।