तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु

एटुजेड समाचार

ताप्लेजुङ -तमोर करिडोर अन्तर्गत निर्माणाधीन मोटरेबल रानी पुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु भएको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तमोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कानूनी प्रक्रियाका लागि टोली खटिइसकेको जनाइएको छ ।

घटनास्थललाई लेलेप प्रहरी चौकीले सुरक्षित गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू