काठमाडौं – नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
आज बेलुकी ७ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठक भोलि बेलुकी ५ बजे बस्नेछ । कार्यव्यस्थताका कारण सबै सदस्य उपस्थित हुन नसक्ने भएकाले आजको बैठक सरेको उनले बताए ।
कार्यदलको बैठक मंगलबार पनि बसेको थियो । बैठकले कार्यदलको आचारसंहिता, कार्यक्षेत्र निर्धारण गर्नेलगायत निर्णय गरेको थियो ।