चितवन – चितवनमा आज (बुधवार) एकैदिन कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको छ । जिल्लाका बिभिन्न अस्पतालमा गरी २० जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर सरकारी अस्पतालमा आज ७ जना,चितवन मेडिकल कलेजमा ५ जना,पुरानो मेडिकल कलेज भरतपुरमा ५ जना र क्यान्सर अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने जिल्लाभित्रका ६ जना छन भने बाँकी १४ जना जिल्ला बाहिरका हुन । २४ घण्टामा चितवनका बिभिन्न अस्पतालमा मृत्यु हुनेको यो संख्या हालसम्मकै उच्च हो ।