चितवनमा आज ७२ जनाले जिते कोरोना, २३५ थपिए

एटुजेड समाचार

चितवन – चितवनमा थप ७२ जना कोरोना भाइरसको संक्रममुक्त भएका छन् । पछिल्लो जिल्लाभर ७२ जना कोरोनामुक्त भएका हुन् ।

यससँगै जिल्लाभर कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ७ हजार ५०१ पुगेको छ । जसमा भरतपुर महानगरपालिकाका ५ हजार ५२०, खैरहनी नगरपालिकाका ४२८, माडीका ११५, रत्ननगरका ८३१, राप्तीका ३२७, कालिकाका २०० र इच्छाकामना गाउँपालिकाका ४० जना रहेका छन् ।

जिल्लाभर अझै ४ हजार ३८९ जनामा कोरोना सक्रिय छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार उनीहरु मध्ये ४ हजार १६७ जना होम आइसोलेसनका छन् भने २१३ जना हस्पिटल तथा ९ जना संस्थागत आइसोलेसनमा छन् ।

२३५ संक्रमित थपिए

चितवनमा पछिल्लो २४ घण्टामा २३५ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट २०७ तथा एन्टिजेनबाट २८ जनामा कोरोना पुष्टि भएको हो । भरतपुरमा १७२, खैरहनीमा १४, माडीमा ९, रत्ननगरमा २१, राप्तीमा ११, कालिकामा ५ र इच्छाकामनामा ३ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै जिल्लाभर संक्रमितको संख्या १२ हजार ७२ पुगेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार भरतपुरमा कुल संक्रमितको संख्या ९ हजार ११४ पुगेको छ । यस्तै खैरहनीमा ६२६, माडीमा २७४, रत्ननगरका १ हजार १७५, राप्तीमा ४५६, कालिकामा ३४४ र इच्छाकामनामा संक्रमितको संख्या ८३ पुगेको छ ।

संक्रमण पुष्टि भएका मध्ये १८२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६ जनाको मृत्यु भएको छ । कुल मृतक मध्ये भरतपुरका ११५, खैरहनीमा ११, माडीका ६, रत्ननगरका २१, राप्तीका १७, कालिकाका १० र इच्छाकामनाका २ जना रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू