चितवन मेडिकल कलेजमा चितवनका १३० सहित १९९ जनामा कोरोना पुष्टि

चितवन – चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा १९९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । चितवनका १३० जना सहित अन्य जिल्लाका ६९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।
कलेजका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै २० महिना देखी ८८ बर्ष उमेर समूका ११० जनामा कोरोना पुष्टी भएको हो ।
यस्तै रत्ननगर नगरपालिकाका २४ देखि ६१ वर्ष उमेर समूका ५ जना, खैरहनिमा ७ महिना देखि ५८ वर्ष उमेर समूका ७ जना, कालिकामा २४ देखि ६७ वर्ष उमेर समूका ४ जना, राप्तीमा ३८ देखि ५८ वर्ष उमेर समूका २ जना र माडीमा ३० वर्ष उमेरका एक जनामा कोरोना देखिएको हो ।
सोही प्रयोगशालामा अन्य जिल्लाका ६९ जनामा कोरोना देखिएको छ । रिपोर्टमा हेर्नुहोस्
तपाइँको प्रतिक्रिया