लमजुङमा केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प : चितवनसम्म धक्का

एटुजेड समाचार

लमजुङ – लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बिहान ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का चितवनसहित अन्य जिल्लामा महसुश भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहानै  ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू