नवलपरसी – काठमाडौंबाट रुकु्म जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले एटुजेड समाचारलाई बताए । दुर्घटनामा परी ४८ जना घाईते भएको उनले बताए ।
काठमाडौंबाट रुकु्म जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले एटुजेड समाचारलाई बताए । दुर्घटनामा परी ४८ जना घाईते भएको उनले बताए ।
आज विहान करिब ६ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो ।काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।
दुर्घटनामा परि घाइतेहरुको प्रहरीले उद्दार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।बसमा कुल ५८ जना सवार थिए
फाईल तस्विर