लमजुङको भुलभुलेमा ५.८ म्याग्नेच्युडको भूकम्प : चितवनमा समेत धक्का महसुस

चितवन – आज बुधवार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।
यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।भूकम्पको धक्का चितवन, पोखरा, गोरखा, काठमाडौंमा समेत महसुस गरिएको थियो ।
तपाइँको प्रतिक्रिया