चितवन – द आर्ट अफ लिभिङ चितवनको आयोजनामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । द आर्ट अफ लिभिङ चितवनले आज भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
संस्थाले पिपीई १७ पिस, कोबिड ९५ माक्स ३८ पिस, सर्जिकल माक्स २ प्याकेट, स्यानिटाईजर ५ लिटर र स्टिमर ६ वटा सहयोग गरेको हो । द आर्ट अफ लिभिङ चितवनका जिल्ला संयोजक भोजबहादुर खड्काले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रका अ .हे .व . शिव प्रशाद भुसाललाई हस्तान्तरण गरेका हुन् ।


स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरका वडा अध्यक्ष ओम प्रकाश पोख्रेल, आर्ट अफ लिभिङ कोभिड १९ व्यबस्थापक समितिका सदस्य डा .डनजन क्षेत्री , आर्ट अफ लिभिङ प्रशिक्षक मनोज क्षेष्ठ, भोलीन्टियर प्रकाश पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
द आर्ट अफ लिभिङको देशभरी भएको कोबिड १९ कार्यक्रम अन्त्रगत आजबाट चितवनमा स्वास्थ्य सामाग्री वितरण गरिएको र थप सामाग्रीहरु वितरण गर्दै जाने आर्ट अफ लिभिङका भोलीन्टियर अर्जुन शर्माले बताए ।